रौतहट २० साउन ।। रौतहट लगायत मधेशमै यसपटक देखा परेको सुख्खाको अभूतपूर्व समस्याबारे मधेश प्रदेशका शीर्षस्थ पदाधिकारीहरुबीच शुक्रबार गम्भीर छलफल भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु एवम् सिंचाई, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी एवम् पिउने पानीको समस्या र त्यसको समाधानबारे जानकारी लिए ।

मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयद्वारा शुक्रबार आयोजित सुख्खा क्षेत्रको समस्या सम्बन्धी छलफलमा प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले यस पटक ५० प्रतिशतभन्दा बढी रोपाई हुन नसकेको, भएपनि वर्षाको अभावमा रोपेको धानवाली मर्न लागेकोले केन्द्रसँग समन्वय गरी अविलम्व अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिए । प्रमुख जिल्ला अधिकारीहरुले चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन, पानी रिचार्जको नयाँ प्रविधि र प्याकेजहरु तयार पार्न जरुरी रहेको साथै अव हिउँदेबालीको लागि जोड दिनुपर्ने सुझाव समेत दिए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराईले यसबेला संधै विपत आउने भएको हुँदा त्यसको लागि तयारी गरेर बस्यौं तर, यसपटक सुख्खा र पिउने पानीको समस्या आइपर्यो भने । यसलाई निराकरण गर्न गम्भीर भएनौ भने भयावह समस्या आउनसक्छ भट्टराईले चिन्ता व्यक्त गरे । आफ्नो उत्पादन पनि केही नहुने र जनताले खान पनि पाएन भने भयावह अवस्था आउन सक्छ, यसको लागि आवश्यक कदम चालिनुपर्ने उनले बताए । उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका निमित्त सचिव अरुणलाल कर्णले सरदर २५ देखि ३० प्रतिशत ट्युवेल सुकेको अवस्था छ, यसको निराकरणका लागि दीर्घकालीन तथा अल्पकालीन उपायहरुबारे प्रकाश पारे ।

पानी नै परेन् भने रिचार्ज हुने अवस्था कठिन हुन्छ, तर ग्राउण्ड वाटर बिलकुलै सुकिसकेको अवस्था भने छैन् । खानेपानीको लागि पौन इन्चको पाइप राखेर मोटर जोडे हुन्छ, उनले जानकारी गराए । उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले सुनकोशी कमला मरिन डाइभर्सन परियोजनाबारे चर्चा गर्दै यो एउटा राम्रो विकल्प हुनसक्छ भने । त्यसतर्फ लागेमा रिचार्ज पनि हुने र खानेपानीको समस्या समेत समाधान हुने विश्वास उनले व्यक्त गरे । सिचाई र खानेपानीको लागि आपूmहरु हरसम्भव प्रयासमा लागेको जानकारी पनि उनले दिए ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले यो संकट अवसर र चुनौती दुवै हो चर्चा गर्दै अझ पनि १०÷१५ दिन समय छ । पानी पर्यो भने मज्जाले हल निस्किन्छ भने । उनले सुख्खामा के वाली लगाउने, वैकल्पिक खेतीलाई कसरी लिएर जाने हो । दोश्रो तेश्रो वालीको लागि समेत अब तयार रहनुपर्ने आवश्यक्तामा जोड दिए । गृह, संचार तथा कानूनमन्त्री मोहमद समीमले सप्तरीदेखि पर्सासम्म एकैनासको समस्या भएको र यहाँ प्रस्तुत तथ्यांकभन्दा पनि खडेरीको समस्या गम्भीर रहेको बताए । पानी नपरेर, सिचाई नहुँदा मैले आप्mनो खेत समेत रोप्न पाएको छैन् उनले भने ।

मालपोत मिनाहादेखि पूmड बैंक स्थापना, भोकमरीको समस्यासँग जुध्न उपायहरुबारे समेत चर्चा गरिएको सो अवसरमा मुख्यमन्त्री यादवले यसपटक नभएको समस्या आयो, यसबारे संघीय सरकारसित गम्भीर रुपले कुराकानी गर्ने बताए । खडेरीको समस्या निराकरण गर्न आफ्नो सरकारले कुनै कसर नछोड्ने प्रतिबद्धता पनि मुख्यमन्त्री यादवले व्यक्त गरे । यो प्रारम्भिक बैठक हो । कुन जिल्लामा के अवस्था छ, जानकारी लिन भेला गरेका हौ, यसपछि निराकरणका लागि कम्मर कसेर लाग्ने उनले बताए ।

सो अवसरमा निमित्त प्रमुख सचिव किशोर कुमार चौधरी, गृह तथा संचार सचिव उमेश ढकाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंह लगायत प्रदेशका वरिष्ठ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here