राैतहट २० साउन ।। रौतहटको राजपुर नगरपालिका वडा न .९ बैरिया नव निर्मित बिधालय भवन भब्य समारोहका विच उद्घाटन गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ मा श्री माध्यमिक बिधालयकाे नव निर्मित भवनको शनिबार एक भब्य समारोहका बिच उद्घाटन भएको छ । बिधालयका प्रधानाध्यापक हृदयनारायण साहकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा नगरप्रमुख माे.डा.राजिक आलम रह्नु भएको थियाे । नगरपालिकाको बैरिया टोलमा रहेको बिधालयमा नयाँ भवन निर्माण पश्चात उदघाटन गरिएको हो । आज एक कार्यक्रमका बिच नगर प्रमुख माे. डा.राजिक आलमले समुदघाटन गर्नु भएको थियो ।

नगरपालिकाकाे आर्थिक सहयोग बाट करिब २ कराेड ३० लाखको लागतमा १२ कोठे भवन निर्माण भएको राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो । सो नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेठ बाट उक्त भवन निर्माण भएको हो । कराेडाैंकाे लागतमा निर्माण सम्पन्न भएको साे भवन तीन तल्ले १२ काेठे भवन रहेकाे छ ।

शिक्षाको उज्यालो घामबाट काेही बालबालिका बञ्चित नहाेस् भन्ने उदेश्यका साथ भवन निर्माण गरिएको राजपुर नगरपालिकाका नगरप्रमुख माे.डा.राजिक आलमले बताउनु भयाे ।

शिक्षालाई विशेष प्राथमिकता राखेर काम गरि रहेको र आगामी वर्ष कृषि विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकृत ठाकुरले यति छिटाे नगरकाे विकासकाे लागि सबैले हातेमालो गरि सहयोग गरेर निर्माण कार्य सफल बनाउनु भएकोमा हृदयदेखि धन्यवाद ज्ञापन गर्नु भयाे ।

साे बिधालयमा बालविकास देखि कक्षा १० सम्म बिधार्थी संख्या १३ सय ६५ रहेकाे शिक्षा संयाेजक खुर्सैद आलमले बताउनु भयाे । साे अवसरमा वडा नम्बर ३ हसिन अख्तर ,वडा नम्बर ४ शेख अन्सारूल ,वडा नम्बर ९ का वडा अध्यक्ष नसरूल हक,वडा नम्बर ५ वडा अध्यक्ष कृष्नन्दन राम ,वडा नम्बर ७ का वडा अध्यक्ष शेख ईन्ताज,माे.ईसलाम कन्स्ट्रक्सनका सञ्चालक माे.जियाउल हक र शेख मसिर लगायत शिक्षक,शिक्षिका,बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू,जग्गादाताहरू शेख सताउल रहमान,शेख सहवान मास्टर,शेख निसार अहम,शेख समसुदिन,शेख सफिर अहमद,रामविलास राय यादव लगायत स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको नगरपालिकाका राजस्व शाखा प्रमुख हरेन्द्र साहले जानकारी गराउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here