रौतहट १७ चैत ।। सरकारले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७ सय ५३ आटै स्थानीय तहलाई पत्राचार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगको आग्रहमा यस्तो पत्राचार गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसीक्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् । आज आयोजित पत्रकार सम्मेलनको क्रममा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकालाई नै राख्न आग्रह गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक मतगणनास्थलमा सीसी क्यामेराको व्यवस्था मिलाइनेछ । निर्वाचन आयोगले सीसी क्यामेरामार्फत केन्द्रबाटै अनुगमन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here