काठमाण्डौ १७ चैत ।। त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेल अगावै फाइनल पुगेको हो ।

यससँगै नेपालले आफ्नो ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

आजको खेलमा करण केसीले ह्याट्रिकसहित ५ विकेट लिनुभयो । जितसँगै नेपाल ३ खेलमा ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

पीएनजीले ३ खेलमा अङ्क जोड्न सकेको छैन। मलेसिया भने २ खेलमा २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here