काठमाडौं १३ भदौ ।। नेकपा एमालेले संसदमा पेश भएको वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधनण विधेयक पीडितको पक्षमा नभएको बताएको छ । पीडितलाई राहत पुग्ने भन्दा पनि आघात पर्नेगरी विधेयक पेश भएको एमाले सांसदहरुले बताएका छन् ।

सांसद शिवमाया तुम्बाहाम्फेले वेपत्ता पारिएका व्यक्तिहरुको विधेयक विस्तृत शान्ति सम्झौताअनुसार नआएको दावी गरिन् । सोमबार संसद बैठकमा बोल्दै पूर्वकानुनमन्त्री समेत रहेकी एमाले सांसद तुम्बाहाम्फेले विधेयकले नेपालको संविधान र सर्वोच्चको नजिर सम्बोधन नगरेको बताइन्। उनले भनिन्, ‘मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तलाई वेवास्ता गरेको छ । यो व्यवस्थाले पीडितले न्याय पाउने गुन्जायस छैन ।

विषयगत समितिलाई लगेर राष्ट्रिय सहमतिसहित विधेयक आउनुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here