एजेन्सी १७ चैत्र ।। रुसले युक्रेनको मारियुपोल सहरमा युद्ध विरामको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनको तटीय क्षेत्रमा रहेको मारियुपोल सहरमा युद्ध विरामको घोषणा गर्दै आज बिहानबाट सर्वसाधारणलाई सुरक्षित निस्कन दिएको छ ।
समाचार संस्था एएफपीले मानवीय अभियान सफल बनाउनका लागि युक्रेनले संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय रेड क्रस समितिलाई सहयोगका लागि आग्रह गरेको छ । मारियुपोलबाट जपोरजियासम्म सर्वसाधारणलाई निस्कनका लागि बिहान १० बजेदेखि करिडोर खुला गरिएको छ ।
मारियुपोलान युद्धविरामका लागि पहिले पनि प्रयास गरिएको थियो । तर, दुबै पक्षबीच सहमति हुन नसकेपछि त्यो असफल भएको थियो । रुसले गत साता मात्रै युक्रेनमा सङ्घर्स विरामको घोषणा गरेको छ ।