रौतहट ०५ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा नगर प्रमुख भिखारी प्रसाद यादव र वडा नं ७ का वडाअध्यक्ष बिजय शंकर प्रसाद यादवले संयुक्त रुपमा शहरी स्वास्थ्य केन्द्र तथा प्रयोगशाला को उद्धाटन गरेका छन् ।

नगर भरीका जनताहरुको स्वास्थ्य सेवामा मद्त पुर्याउने उद्देश्यले यो स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । यस नगरपालिकाको उतरी पट्टी पर्ने एउटा स्वास्थ्य केन्द्र भए पनी दक्षिण पट्टीका नगर बासीहरुको लाई लाभ लिन समस्या हुदै आएको थियो । यही कुरा लाई ध्यानमा राखी वडा नं ७ मुडवलवा, वडा नं ६ राजदेवी, वडा नं ९ ब्रह्मपुरी, वडा नं ८ लक्ष्मीपुर बेलविछवा पैक पर्ने गरी यो स्वास्थ्य केन्द्र संचालन गरिएकाे छ ।

कार्यक्रम वडा अध्यक्ष विजय शंकर प्रसाद यादवको अध्यक्षता मा सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ । यस स्वास्थ्य केन्द्र तथा प्रयोगशालामा विभिन्न किसिमको रोग सहित मधुमेह, रगत, पिसब, ब्लडप्रेशर सहित गर्भवती महिलाहरुको चेकजाच गरिनेछ । सेवाका लागी ६ जना कर्मचारी खटिएको छ ।

नगरका जनताहरुको राम्रो स्वास्थ्य रहने उद्देश्यले यस नगरपालिकामा जिम सेन्टर स्थापना गरिएको छ । मानव जीवनमा स्वास्थ्य नै धन हो किन की स्वस्थ न रहे कुनै काम नै नहुने हुन्छ ।

कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव, उपमेयर राज कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, जिल्ला हुलाक कार्यालय गाैरकाे प्रमुख देवनाथ यादव, स्वास्थ्य संयोजक रामाकांत यादव, सुचना प्रमुख चन्द्रभुषण यादव, समाजसेवी पवन साह, वडा अध्यक्षहरु, महिला संवमसेविका लगायत भर्भाला आद्मिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here