राैतहट,१५ असार ।। रौतहट जिल्लाको गौर-चपुर सडक खण्डमा शनिवार बिहान सार्वजनिक बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् । रौतहट सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको यात्रुबाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो । घाइते हुनेमा महिला तथा बालबालिकाको संख्या बढी रहेको छ ।
बस पल्टिएर माधव नारायण नगरपालिका ३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते हुनेमा परोहा नपा ३ तेजापाकडका देवंश कुमार दास, गौर नपा १ की रंजुदेवी दास, गौर नपा ४ का राकेश चन्द्रवंशी रहेका छन् । यसै गरी वर्ष ५ की शिवानी कुमारी, वर्ष ३ की सोहानी तथा वर्ष १ की मधुकुमारी पनि सामान्य घाइते भएका छन् । यसै गरी भारत बिहारको मधुवनी बासोपटीका ४७ वर्षीय अविनाश झा पनि घाइते भएका छन् । झाकी पत्नी ३५ वर्षीया निकी झा, छोरी २ वर्षीया निकी झा तथा वर्ष ६५ की सुधिना झा पनि घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपि एलिजा गिरीले जानकारी गराएकी छन् ।
दुर्घटना भएको बसमा १५ देखि २० जना सबार रहेका थिए । दुर्घटना भएको बसका चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अत्यधिक पुरानो बस भएको कारण सडकमै अनियन्त्रित भएको हुन सक्ने अनुमान स्थानीयहरुको रहेको छ । बसका यात्री रुपेशकुमार यादवका अनुसार बस पल्टिनुभन्दा केही पहिलेदेखि नै बसको चक्का बब्लिङ गरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here