जनकपुरधाम २२ साउन ।। डा. सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आगामी मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी पहिलो नम्बरमा आयोगमा दर्ता भएको हो ।

जनमत पार्टीका नेता वीपी साहले जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको जानकारी दिए । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको उनले बताए ।

पार्टी उपाध्यक्ष ई बसन्त कुशवाहा, श्रीमती बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here