रौतहट २८ माघ ।। रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा झडप हुदा न. पा.का ६ जना कर्मचारी घाईते भएका छन । वडा नम्बर १ रमौली घाटमा झड़प हुदा ६ जना गम्भीर घाइते भएका छन् । नदि जन्य बस्तु उत्खन्नको लागि ठेक्का गर्नु पर्ने बिषयमा नेपाली कांग्रेस र सत्ता पक्ष नेकपा एकिकृत समाजबादीको समर्थक बीच भएको झड़पमा परि २ जना कांग्रेस र ४ जना न.पा.का कर्मचारी घाइते भएका हुन् ।

झड़पमा परि घाइते हुनेमा दिलिप पटेल,जय प्रकाश सहनी, राम नारायण पटेल, रामबिनय पटेल तथा कांग्रेसका समर्थक बिरेन्द्र यादव र राम पुकार साह घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडा ले जनाएको छ ।

नगर प्रमुख बिनोद प्रसाद कुर्मीले प्रहरी प्रशासनको इशारामा प्रतिपक्षी दलका कार्यकर्ताहरुले गुन्डा शैलीमा आक्रमण गरेको दावी गरेका छन् । बागमती नदीको रमौली घाट बाट ढुंगा, बलुबा उत्खन्न गर्न ठेक्का लगाउन खोज्दा विपक्षी दलले अबरोध गर्दै आएको भन्दै मेयर कुर्मीले अमान्तमा कर असुली गर्न लाग्दा पुर्व नगर प्रमुख राम स्नेही यादव, वडा अध्यक्ष श्याम नंदन यादव, एमालेका प्रेम शंकर यादव, राम प्रसाद पटेल, सिकिन्दर पटेल मिलेर कर्मचारी माथि आक्रमण गरेको आरोप लगाएका छन् ।

घटना पछि पत्रकार सम्मेलन आयोजना गरेर मेयर कुर्मी ले भ्रस्टाचारी गर्न खोजदा रोके पछि प्रशासन सित मिलेर हमला गरेको बताए । घटना हुनु पुर्व प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशास्त्र प्रहरीका प्रमुख लाइ सुचना दिदा पनि कुनै वास्ता नगरेको नगर प्रमुखले आरोप लगाएका छन् ।

घटना हुदा पनि प्रहरी प्रशासन समयमा आउन नसकेको ले प्रशासनको समर्थनमा कांग्रेस, एमाले, नेकपा माओवादीका कार्यकर्ता हरुले आक्रमण गरेकोले दोषी माथि कार्यवाही नगरे सम्म नगर पालिकाको काम काज बन्द गरि प्रसाशन बिरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here