काठमाडौं १८ असार ।। नेकपा एकताका संयोजक बनेका वामदेव गौतम पार्टीबाट निष्काशित भएका छन्। उनीविरुद्ध ५ बुँदे आरोप लगाउँदै पार्टीबाट निष्काशन गरिएको हो । वाम एकताका लागि छुट्टै अभियान सञ्चालन गर्ने भन्दै गत असार १४ गते गौतमले नयाँ पार्टी घोषणा गरेका थिए ।

तर ५ दिनमै अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतममाथि पाँच बुँदे आरोप लगाउँदै पार्टी निष्काशन गरेको हो। बैठकले सचिवालय सदस्य युवराज सफललाई नयाँ संयोजक तोकेको छ।

गौतममाथि सांगठनिक अराजकता, निरंकुशत, तानाशाी शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप छ। त्यस्तै अहंकारी सोँच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको उनीमाथि आरोप छ।

त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाइ सो शक्ति चरम दुरुपयोग गरी उल्टो उल्लेखित शक्तिलाई सिध्याउने गतिविध गरेको आरोप लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here