काठमाडौं ११ असार ।। सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

आजकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका कर कटौती गरी लागू गर्न सरकारलाई गठबन्धनले निर्देशन दिएको हो । गठबन्धनको निर्णय लागू गरेमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै २५ दलेखि देखि ३० रुपैयाँसम्म मूल्य कम हुने छ ।

सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। ‘मैले सरकारले बजारमा हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here