काठमाडौँ २१ पुस ।। पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।

नेपाल आयल निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here