काठमाडौं ०८ साउन ।। एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ ।

नतिजा सार्वजनिक गर्नेगरी काम अघि बढाएका छौं । समस्या नआए यो हप्ताभित्रै नतिजा प्रकाशन गर्छौ उनले भने ।

अहिले प्राप्ताकं इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको छ । गत बैशाख २० गते परीक्षा सकिएको थियो । २०७६ र २०७७ सालको एसईई कोभिड-१९ का कारण प्रभावित भएको थियो । आन्तरीक मूल्याङ्कनका आधारमा परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here