एजेन्सी २५ असार ।। सानो केटा बगैँचामा बल लात हान्नेदेखि लिएर मेरो प्यारो आर्सनलको कप्तान बन्ने र विश्वकपमा मेरो देशको लागि खेल्ने सम्म । म मेरो सपना बाँचेको छु ।’ इङ्ल्यान्डका पूर्व मिडफिल्डर तथा आर्सनलका पूर्व कप्तान ज्याक विल्सेयर फुटबल करियरबाट सन्यास लिँदा समर्थकका लागि लेखेको सन्देश हो ।
आर्सनल, वेस्ट ह्याम र इङ्ल्यान्डका पूर्व मिडफिल्डर ज्याकविल्सेयरले ३० वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरे । विल्सेयरले आर्सनलका लागि १९७ खेल खेले र १६ वर्षको उमेरमा डेब्यू गरेका उनले दुई एफए कप जितेका थिए ।
सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति निकाल्दै विल्सेयरले आफ्नो फुटबलमा भएका अविश्वसनीय यात्रालाई पूर्ण विराम लगाउन लागेको बताए । ‘मैले फुटबलमा जीवनमा सम्पूर्ण पाएका महसुस गरेको छु। एउटा खेलाडीले विश्वकप खेल्ने देखि लिएर क्लबको कप्तानसम्मको अनुभव पाउनु सौभाग्य हो,’ विल्सेयरले भने ।
गत फेब्रुअरीमा एजीएफमा अनुबन्ध हुनुअघि विल्सरले जम्मा ३६ खेल खेलेका थिए । सन् २०२०–२१ सिजनको अवधिभर चोटका कारण उनी क्लबविहीन भए । उनले अहिलेको समय फुटबलबाट टाढा हुने नभएको आफूलाई महसुस भए पनि विविध कारणले सन्यासको नै घोषणा गर्नुपरेको बताए ।
‘मेरो करियर नै सकिएको भन्ने स्वीकार गर्न गाह्रो छ । तर, अहिलेको समयलाई हेर्दा म फुटबललाई अझै पनि समय दिन्छु भन्ने लागेन,’ उनले भने । ‘मैले सधैँ उच्च स्तरको खेल पस्के । सधैँ उत्कृष्ट खेल पस्कने मरो लक्ष्य हुन्छ । मेरो परिवारसँगको कुरा र आफन्तहरूको सल्लाह अनुसार अहिले खेलबाट टाढा हुने सल्लाह अनुसार सन्यास लिने मुडमा पुगेको हु,’ विल्सेयरले भने ।
विल्सेयरले १६ वर्ष २५६ दिनको उमेरमा सेप्टेम्बर २००८ मा ब्ल्याकबर्न रोभर्सविरुद्ध बैकल्पिक खेलाडीको रूपमा आर्सनलका लागि सबैभन्दा सानो उमेरमा लिग खेल्ने खेलाडीको रूपमा डेब्यू गरे ।
विल्सेयरले आर्सनलका लागि १० दिन पछि आफ्नो पहिलो गोल गरे । उनी सन् २०१८ मा वेस्टह्याम जान पूर्व क्लबका लागि सम्पूर्ण खाले प्रतियोगितामा १४ गोल गरे । विल्सेयरले दुई वर्ष जति चोटका कारण मैदान बाहिर नै बिताए । त्यो दुई वर्षमा उनले जम्मा १९ खेल खेले ।
जनवरी २०२१ मा उनी बोर्नेमाउथ फर्के उनी आर्सनलबाट एक सिजन लोमा बर्नमाउथबाट खेले । विल्सेयरले इङ्ल्यान्डका लागि सन् २०१४ को विश्वकप र युरो २०१६ मा खेलेका थिए ।
‘मैले मेरो करियरको हरेक क्षणको आनन्द उठाएको छु। यो सबै क्षणहरू मेरो लागि जीवनभर रहनेछन् । अहिलेलाई खेलाडीको रूपमा फुटबलबाट टाढा भएको छु। जीवनमा अब अन्य रूपमा फुटबलसँग जोडिन पनि सक्छु भन्ने कुरामा उत्साहित छु। हेरौँ भविष्यमा के हुन्छ ?,’ विल्सेयरले भने ।
विल्सेयरले इङ्ल्यान्डबाट ३४ खेल खेलेर २ गोल गरेका छन् । बीबीसी