काठमाडौं २२ असार ।। नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here