विराटनगर ०९ असार ।। मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मोरङ जिल्लाको विराटनगरबाट दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भएर झापाको बिर्तामोड नगरपालिका–५ मुर्तिचोक बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा घर भएका १९ वर्षीया सिरिसा सिंह महथा छन् ।

आरोपीहरुले १३ वर्षीया बालिकालाई बेचविखन गर्ने उद्देश्यले विराटनगर–१५ स्थित भन्सार कार्यालय हुँदै ललाई फकाई भारततर्फ लान खोजेको आरोप छ । असार ५ मा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आरोपीहरुमाथि जिल्ला अदालत मोरङबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here