जनकपुरधाम ०७ असार ।। जनकपुरको बासबारी होटेलमा भीषण आगलागी भएको छ । जनकपुरको सुकरबारी बजार नजिक मसाला कटेजसंगै टासिएर रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भिषण आगलागी भएको हो ।

लागेको आगो लाई स्थानिय, प्रहरी र वारुणयन्त्रको मदतले नियन्त्रण गरेको छ । आगलागीबाट रेष्टुरेन्ट जलेर पुर्ण रुपमा धवस्त भएको स्थानीयले जानकारी दिए ।

प्रहरी र वारुणयन्त्र घटनास्थलमा पुगी आगो लाई नियन्त्रण लिएको धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताए । उनका अनुसार आगलागीको कारण खुलिसकेको छैन ।

 

 

सम्भार : todaypati.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here