काठमाडौं ०७ असार ।। गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको स्वर रहेको गीत ‘ठेकीमा मदानी’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार गीतमा साजन पराजुलीको शब्द तथा गायक अर्यालकै संगीत रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको गीतको भिडियोमा भने सुधिर श्रेष्ठ र सुपा खनालको रोमान्स देख्न सकिन्छ ।

प्रेमकथा प्रस्तुत गरिएको भिडियो युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियो सुधन धितालले निर्देशन गरेका हुन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ । सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोमा महफुज अन्सारीको छायांकन, सुवाश देवकोटाको सम्पादन छ । भिडियो ‘क्ल्यासिक फ्रेम मुभिज’ को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here