विराटनगर/बुटवल ०६ असार ।। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार बिहानैदेखि प्रदर्शन गरेको हो ।

आइतबार मध्यरातिदेखि पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै अनेरास्ववियूले आन्दोलनमा बुटवल क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरिरहेका छन् ।

यता अनेरास्ववियु केन्द्रीय कमिटीले पनि देशभर मूल्यवृद्धिको विरुद्धमा आन्दोलन शुरू गर्ने तयारी गरेको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ ।

नेपाल अआयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here