काठमाडौं १९ चैत ।। त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै अपराजित टिमको रुपमा फाइनल प्रवेश गरेको छ । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो ।

मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए भने कप्तान आहमद फैजले ३३ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कुशल भुर्तेलले विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनायो । दिपेन्द्र सिंह ऐरीको आक्रामक शतकीय इनिङमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिएको हो । दिपेन्द्रले अविजित रहदै १ सय १० रनको योगदान दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here