
एजेंसी १३ चैत ।। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज आइतबार दुई खेल हुँदैछन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन दुई खेल हुन लागेको हो । प्रतियोगिताको पहिलो खेलमा कोलकाता नाइड राइडर्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो ।
आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई खेलमा जित निकाल्दै नयाँ सिजनमा आफ्नो बलियो दावेदारी पेश गर्न चाहन्छ ।
मुम्बई आईपीएलको सर्वाधिक च्याम्पिनय टोली हो । रिशव पन्तको कप्तानीमा मैदान उत्रने दिल्ली क्यापिटल्स पनि सहज जितसँगै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा छ । आज नै हुने दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र बैंगलोरबीचको खेल राति ७ः ४५ बजे सुरु हुनेछ ।
यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।