रौतहट १५ चैत ।। मधेश प्रदेशमा मीटर ब्याजीको समस्या दिन प्रति दिन विकराल हुदै गएको छ । यसमा खासगरी गरीब असहाय निमुखा किसानहरु सबभन्दा बढी पीड़ित छन् ।

यसको स्थायी समाधानका लागी मधेश प्रदेशका भुमि, कृषि व्यवस्था तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाले पहल आफ्नो तर्फबाट सुरू गरेका छन् ।

मधेश प्रदेशमा किसानहरु कृषिको कार्यका लागि चर्को ब्याज दरमा साहुहरुसंग ऋण लिने गरेका छन् । यसका लागि मन्त्री ई.कुशवाहा केही दिन देखि काठमाण्डौका केही ठुला बैंकका ब्यवस्थापकहरुसंग छलफलमा व्यस्त छन् । यी बैंकहरुले सहुलियत ब्याज दरमा सहज प्रक्रिया मार्फ़त ऋण उपलब्ध गराउने उनलेे बताए ।

ऋणको दर ५ देखि ७% हुने अनुमान गरिएको छ। यसमा भूमिहीन किसान देखि निम्न वर्गीय साना किसानको खेती कार्य, खाद्य उपजबाट संचालन हुने उद्योग, कृषि उपजको बजारीकरण, बीऊबिजनको उत्पादन, कृषि उपकरण उत्पादन, खरीद र बिक्री आदि समेत यो ऋणबाट प्रयोग गर्न सकिने बताए ।

ऋणको सही सदुपयोगका लागि कृषि सेवा केन्द्र, बिज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा काँल सेण्टर समेत संचालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने मन्त्री कुशवाहाले जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here