काठमाडौँ १८ माघ ।। विश्वभरि फैलिएको महामारी कोरोना भाइरसका नया वेरीयेन्ट तेजिले नेपालमा बढ्दै गईरहेको छ । आज नेपालमा कोरोना भाइरसका ५ हजार ५ सय ८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ५७ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ८ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ६ सय ७४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here