मंसिर १४ रौतहट ।। हनुमत क. यादव ।। रौतहट जिल्लाको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  मौलापुर वितरण केन्द्रको  चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले  हुकिङ गरी विद्युत चोरी गरिरहेको  अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए ।

नेपालमा हुकिंग गरि बिधुत चुहावट कमिआए पनि रौतहटको उतारी भेगमा बिधुत चोरीको अवश्ता देखिएको छ । विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको  २ थान मोटरलगायत टोलीले बरामद गरेको छ । उनीहरुलाई नियमानुसार जरिवाना गराइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here