रौतहट ०६ माघ ।। हनुमत कु . यादव ।। रौतहटको जितेन्द्र मुखिया सहित विश्वकप छनोटको लागि १६ सदस्यीय टिमको घोषणा गरिएको छ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।
सोमपाल कामी र विनोद भण्डारी भने टिममा अटाउन सकेनन् । नेपाली टिममा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, करण केसी, कुशल भुर्तेल,आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् ।