रौतहट १५ फागुन ।। रौतहट जिल्लामा जयन्ती जाने क्रममा दुई युवकको दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं ६ माधोपुर टोलबाट सर्लाहीको मुसैलिया जादै गरेको क्रममा मोटरसाइकलबाट स्कार्पियो गाडीमा ठिकिएर दुर्घटना भएको छ ।
दुर्घटनामा मृत्यु हुने माधव नारायण नपा ६ माधोपुर निवासी रामकिशोर महतो नुनियाको २८ बर्षीय छोरा सियानन्दन महतो र सोही गाउँमा बस्ने बिरेन्द्र महतो नुनियाको २७ बर्षीय छोरा अजय महतो सोमबार राति रौतहटबाट सर्लाही जादै गरेको क्रममा कडेना र मुसैलिया भन्ने स्थानको बिचमा स्कार्पियो गाडीमा ठोक्किएर गम्भीर घाइते भएको थियो ।
घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो चिकित्सकको अनुसार दुबै युवकले अधिक रूपमा रक्सी सेवन गरेको समेत बताएका छन् तर त्यहाँ उपचार हुन नसक्नेर थप्प उपचारका लागि बिरगंज रेफर गरेको थियो अनि त्यहीँ उपचारको क्रममा राति नै मृत्यु भएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here