काठमाडौं, ०२ माघ ।। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गरेका छन् ।

मंगलबार मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई विरामीको उपचार प्रभावित भएको, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भईरहेको हुँदा तत्काल प्रतिष्ठानको कायम मुकायम उपकुलपति प्रा।डा। प्रल्हाद कार्कीलाई तुरुन्त उपस्थित गराई हाल देखिएको विद्यमान समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताल लाई निकास दिनका लागि आवश्यक कार्वाही अघि बढाईदिन हुन अनुरोध छ’ मेयर राईले पठाएको पत्रमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here