काठमाण्डाै, ०७ मंसिर ।। समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० का अवसरमा आज काठमाण्डाैमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष कार्यक्रममा अर्थ मन्त्री डा. प्रकाशशरण महतले आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई सम्मान गर्नुभएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिट्यान्सतर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको हाे ।

सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईले बैकिङ्ग सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गर्दै आएकाे छ ।

यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आईएमई सम्मानित हुँदै आएको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here