काठमाण्डौ, २५ कार्तिक ।। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य दिएको छ । पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २÷२ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अष्ट्रेलियालाई कुनै फरक पर्ने छैन ।

तर बंगलादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौट हुन यो खेलमा जित आवश्यक छ । बंगलादेश आठौँ स्थानमा छ । आजै भइरहेको अर्को खेलमा पाकिस्तानसँग इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । कोलकातामा इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको हो ।

पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ । जुन असम्भव जस्तै देखिन्छ । अंकतालिकामा सातौँ स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल होडबाट बाहिरिसकेको छ । आजको खेल हारे पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना छ । विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here