राैतहट, १९ कार्तिक ।। राैतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा आयोजित जनता समाजवादी पार्टी नेपालको शुभकामना आदानप्रदान, बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम भव्य सभ्यरुपमा सम्पन्न भएको छ । देवाही गोनाही नगरपालिका वर्डा नम्बर ८ देवाही बजारमा जसपा नेपाल रौतहट जिल्ला कार्यसमिति द्वारा आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति, रौतहट अध्यक्ष श्यामबिहारी राय यादवको अध्यक्षता तथा राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेश का मुख्यमंत्री सरोज यादव ,पूर्व मंत्री गोबिन्द चौधरी र अतिथि मधेश प्रदेश का पूर्व राज्यमंत्री योगेन्द्र यादव,पूर्व प्रदेश सांसद किशोरी यादव,प्रदेश सांसद शोभा साह ,गुजरा नगरपालिकाको नगरप्रमुख सन्तलाल चौधरी लगायत केन्द्र , प्रदेश,जिल्ला,तथा स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नेकपा एस देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी जुझारु युवा नेता धर्मेन्द्र पटेललाई टीका गमछा लगाई पार्टी प्रवेश गराएका छन् । साथै बौधिमाई नगरपालिका वर्डा नम्बर २ इनर्वाका बिरेन्द्र प्रसाद पटेल लगायत हजारौ को संख्या मा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here