काठमाडौं, १५ असोज ।। प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणाधीन संघीय संसद भवनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार निर्माणधिन संघीय संसद भवनको अवलोकनपछि समितिले शहरी बिकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसंग प्रगति विवरणसहित छलफल गर्ने निर्णय गरेको हो । पटक-पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ ।

अनुगमनका क्रममा समिति सदस्यहरूले कामदारहरूसँग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो । सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६ मा सम्झौता भए पनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । दुईपटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दिपक सिंहले जानकारी दिए ।

त्यस्तै चाडपर्व नजिकदै जाँदा मुलुकभरको राजमार्गका साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाका बारेमा यातायात मन्त्रालयसँग छलफल गर्ने निर्णय गरिएको सभापति सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here