एजेन्सी, २५ भदौ ।। अमेरिकी राष्ट्रपति जो बाइडनले चीनसँगको शितयुद्धको कुरालाई अस्विकार गरेका छन् । भियतनाम भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाइडनले चीनको अन्तर्राष्ट्रिय प्रभावलाई अमेरिकाले रोक्न खोजेको कुरा अस्वीकार गरेका हुन् ।

अमेरिकी सेनाले भियतनाम छाडेको लगभग ५० वर्षपछि भियतनामसँग सम्झौताका लागि राष्ट्रपति बाइडन त्यहाँ पुगेका हुन् ।

भियतनामसँगको व्यापक रणनीतिक साझेदारीका लागि अमेरिकाले सम्झौता गरेको हो । भियतनामसँगको सम्बन्धलाई बलियो बनाउन विगत दुई वर्षमा वाशिङटनले गरेको अथक प्रयास पछि भएको उक्त सम्झौतालाई चीनको अन्तर्राष्ट्रिय प्रभाव रोक्ने सम्झौताको रुपमा व्याख्या चीनले गर्दै आएको छ ।

तर, अमेरिकी राष्ट्रपति बाइडनले चीनलाई एक्लो बनाउनका लागि अमेरिकाले कुनैपनि सम्झौता नगरेको प्रष्ट पारेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here