काठमाडौं, २२ भदौ ।। अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलु्कको अर्थतन्त्रमा सुधारको राम्रो संकेत देखा परेको बताएका छन् । शुक्रबार लगानी बोर्डको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधारका राम्रो संकेत देखा परेपनि ढुक्क हुने अवस्था भने नरहेको बताए ।

मु्लुक आर्थिक समस्याबाट गुज्रेको छ। तर ,राम्रो दिन आउँदैछ। राम्रो संकेत देखा परेका छन्,’उनले भने,’तर, हामी समस्यारहित भइसक्यो भन्ने चाँहि होइन। चुनौतीहरू छन् । उनले अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई हटाएर आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू आउन लागेको विश्वास व्यक्त गरे। यसका सकारात्मक संकेतहरू देखा परिरहेको उनको भनाइ छ ।

मन्त्री महतले नेपालको विदेशी मुद्राको संचिति राम्रो रहेको बताए। पर्यटक आवागमन राम्रो भइरहेकाले यसले आर्थिक गतिविधि बढाउने उनको भनाइ छ । हाइड्रोपावर क्षेत्रले प्रगतिको लय लिएको भन्दै अर्थमन्त्री महतले भारतसँग विद्युत व्यापारले लगानीकर्ताले सुनिश्चित मार्केट प्रदान गरेको जिकिर गरे । मन्त्री महतले चीनसँग पनि विद्युत व्यापारसम्बन्धी छिट्टै समझदारी हुने विश्वास व्यक्त गरे ।

भारतको मन्त्रिपरिषद बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ। यो निर्णयसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्ने बाटो खुलेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच विद्युत व्यापारसम्बन्धी संझौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here