जनकपुरधाम, ०६ भदौ ।। त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूलीमा खसेको हो ।

आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । बसमा कति यात्रु सवार छन् भन्ने एकिन हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here