सप्तरी ०२ साउन ।। सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका ७ मन्सापुर खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ ।

सोमबार साँझ तिलाठी कोईलाडि गाउँपालिका ७ मन्सापुर बस्ने महादेव खंगको ८ वर्षीय छोरा गोबिन्द खंगको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बुबाआमा संगै खेतमा गएका बालक श्री वलव नरसिंह मा.वि. स्कुल नजिकै रहेको खाल्टोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here