धनुषा १३ चैत ।। धनुषाको विदेह नगरपालिका स्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ । शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा आगजनीको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् ।

सोही सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरको हो । आठ सेल अश्रुग्यास प्रहार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले टुडेपाटीलाई जानकारी दिए । आगलागीले किरानाको समान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको छ ।

५० मिटर नजिकै रहेको तीनकौरिय प्रहरीचोकीले राति गस्ती नगर्दा अज्ञात समूअले आगजानी गरेको स्थानीयको आरोप छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँ उद्योग बाणिज्य संघ जनकपुरका पदाधिकारीको टोलि पुगेको छ ।

डिएसपी बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमिकमजोरी रहेको स्वीकार गरे । उनले चौकीमा कार्यरत्त प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here