राैतहट ०१ साउन ।। राैतहट प्रहरीले भन्सार छलीकाे अवैध कुखुराहरु समाती नष्ट गरेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहट गौर बाट खटी गएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको १६ वटा कुखुरा नियन्त्रणमा लिई नस्ट गरेका छन् ।
प्रहरीका अनुसार साइकलमा कुखुरा लाेड गरी नेपाल तर्फ ल्याउदै गरेको थियो उनीहरुले प्रहरी टोलि लाई देखन साथ साइकल छाडी भागेका छन् । उक्त कुखुराहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं १ बाट लगभग ४५ किलाे बारबारकाे १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले बरामद गरी गाैर कार्यालयमा ल्याई नष्ट गरेको प्रहरीले जनाएका छन् ।
भारतबाट ल्याएको कुखुरा दुषित भएको र त्यस बाट विभिन्न किसिमका रोगहरु हुने अनुमान पछि यस्ताे कठाेर कदम चालेकाे प्रहरीकाे भनाई रहेको छ । भन्सार छली संगै प्रदुषित कुखुराबाट नयाँ बिरामीहरु पनि उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कुखुरा नष्ट गरेकाे जनाइएको छ ।