रौतहट ०५ चैत ।। रौतहट जिल्लाको माैलापुर नगरपालिका वडा नं ९ साेनरनियामा लाठी प्रहारबाट मृत्यु भएकी सुनैना देवीकाे हत्या आरोपमा पक्राउ परेकालाई धराैटीमा रिहा गरेपछि स्थानीयले विभिन्न नारा सहित जिल्ला प्रहरी कार्यालय गौर अगाडि विराेध प्रदर्शन गरेका छन् ।

‘दाेषीलाई कारबाही गर’, ‘दाेषीलाइ उम्काउन पाँइदैन’, ‘आदालत तिम्राे न्याय सच्याउ’लगायत नारा लगाउँदै स्थानीयले विराेध प्रदर्शन गरेका हुन् । मृतक महिलाको श्रीमान पनिलाल यादवकाे नेतृत्वमा गएका सयौं स्थानीयले प्रहरी कार्यालय आगाडी न्यायको लागी जोरदार मांग सहित प्रदर्शन गरेका छन् ।

सुनैना कुमारी देवीकाे गत माघ २५ गते बासको लाठी प्रहारबाट मृत्यु भएको थियाे । उनको ६ बालबालिकाहरु रहेको छ । जम मध्ये ४ छोरी र २ छोरा रहेको । आमा मृत्यु पश्चात स-साना रहेका बच्चा हरु असहाय बनेका छन । स्थानीय भोला यादवले निर्घात कुटपिट गर्दा ती महिलाको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । खेतमा जाने बाटोमा शौच गरेको निहुमा झगडा भएको स्थानियहरूले बताएका छन् ।

खुट्टामा दिसा लागेपछि आक्रोशित भई भोला यादवले सुनैना देवीको घरमा पुगेर बाँसको लाठीले कुटपिट गरेको प्रहरीले जनाएको छ । लठ्ठी प्ररहार बाट टाउकोमा चोट लागी गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियाे ।

स्थानीय पीडकहरू भाेला राय यादव, उमत राय यादव, मधानी देवी र कलावती देवीविरूद्व कर्तव्य ज्यान मुद्दाअन्तर्गत अभियोग दर्ता गरी अनुसन्धान अगाडि बढाइएकाे थियाे । तर उनीहरूलाई प्रहरीले आदालतकाे आदेशमा धराैटीमा रिहा गरेपछि स्थानीयहरू आक्राेशित बनेका हुन् । प्रहरीले फितलो अनुसन्धान गरी मुद्दा कमजाेर बनाएका कारण हत्यारा उम्केकाे स्थानीयहरूकाे आराेप छ । यस विषयमा छलफल गर्न र मिसिल अध्ययनका लागि पीडित पक्षलाई आज जिल्ला प्रहरी कार्यालय राैतहटमा बाेलाइ छलफल गरीएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here