रौतहट ०६ चैत ।। रौतहट जिल्लाको फतुवा बिजयपुर् नगरपालिकाका वडा न २ शितलपुर स्वास्थ्य चौकीको चरम लापरवाहीका कारण सेवाग्राहीहरुले सास्ती भोगिरहेको छ । जिल्लाको उतरी भेगमा रहेको नपाको शितलपुरमा रहेको स्वास्थ्य चौकीको दिन प्रतिदिन लापरवाही बढ्दै गए पछि स्थानीयहरू आक्रोशित हुन् थालेको छ ।

बच्चाहरुलाई लगाउने पर्ने भ्याक्सिन लगाउन जादा शितलपुर स्वास्थ्य चौकी १२ बजे सम्म न खुलेको स्थानियहरुले बताएका छन् । स्वास्थ्य जस्तो संवेदनशील संस्थामा पनि नगरपालिकाले ध्यान दिन नसकेको कारण फतुवा विजयपुर् नगरपालिका लथालिङ्ग बन्दै गइरहेको छ ।

सरकारी नियम अनुसार १० बजे देखि लिएर बेलुका ५ बजे सम्म कार्यालय खुल्ने रहे तापनि शितलपुर स्वास्थ्य चौकीको कर्मचारीहरुको लापार्वाहीले गर्दा शितलपुर बासि आक्रोशित बन्दै गएको छ । स्वास्थ्य चौकीमा नेपाल सरकारले नि:शुल्क रुपमा उपलब्ध गराईरहेको औषधि समेत न रहेको र कर्मचारीहरु नियमित उपस्थित समेत न हुने गरेको पाईएको छ ।

यता स्वास्थ्य चौकीको इन्चार्ज रमेश प्रसाद यादव संग प्रतिक्रिया लिदा अहिले १२ बाजी सक्यो स्वास्थ्य चौकी किन खुलेको छैन सोध्दा नगरपालिकानै अहिले लथालिङ्ग अवस्थामा चलिरहेकोले हामीले पनि समयमा स्वास्थ्य चौकी न खोलेको बताएका छन् ।

फतुवा विजयपुर नगरपालिकामा शितलपुर स्वास्थ्य चौकी समयमा न खुल्ने एउटा उदहारण मात्र हुन् यस्ता कयौं स्वास्थ्य चौकी समयमा खुल्दैन जसको प्रत्यक्ष मार्कामा फतुवा विजयपुर बासि परेन गरेको छ ।

नागारपालिकाकोको कमीकमजोरीको कारण सधै जनता नै मार्कामा परे पनि अहिले सम्म नगरपालिकाको ध्यान जान सकेको छैन । नगरप्रमुख गोपाल यादव निलम्बित भए देखि नै कार्यवाहक नगरप्रमुख जिम्मेवारी सम्हाल्दै आएको उपनगरप्रमुख त् झनै मुख दर्शक जस्तो मात्र बसेको पाईएको छ । जनताको मत पाएर आज सरकारी सेवा सुबिधा लिएर आराम गरिरहेको जनप्रतिनिधिले कहिले बुझ्ला त् जनताको कुरा भनेर स्थानियहरुले प्रश्न समेत गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here