रौतहट ०२ फागुन ।। रौतहटको बृन्दावन नगरपालिकाका नगरप्रमुखलाई विपक्षीले बदनाम गर्न लागी परेको छ । मेयर कुर्मीलाई बदनाम गर्ने उद्देश्यका साथ बृन्दावनका ४ राजनिति दल लागी परेको हो । पाँच वर्ष सम्म भ्रष्टचार गरेर पल्केका काँग्रेसका पूर्वमेयर राम स्नेही यादव, ठेक्का नपाएका नेकपा माओवादीका नेता रामप्रसाद पटेल, जागिर र बिभिन्न अस्पताल, विद्यालय मर्मतको नाममा मोटो रकम माग गरेका नेकपा एमालेका प्रेम शंकर यादव र जसपाका केही कार्यकताहरु आफुलाई बदनाम गर्ने कार्यमा लागेको बृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोदप्रसाद कुर्मीले आरोप लगाएका छन् ।

काँग्रेसका राम स्नेही यादव, माओवादीका नेता रामप्रसाद पटेल र एमालेका प्रेम शंकर यादव वृन्दावन नगरपालिकाका मेयर प्रत्यासि समेत रहेको छ । एकिकृत समाजवादी पार्टीका उम्मेदवार बिनोदप्रसाद कुर्मी सँग स्थानीय निर्वाचानमा उनीहरु पराजित भएका थिए ।चुनावी प्रतिसोध साध्न उनिहरु यतिबेला कार्यकर्ता उचलेर दैनिकी झडप हुने अवस्था सृजना गराएको नगरप्रमुख कुर्मीले बताएका छन् । गत शनिबार नदि जन्य बस्तु उत्खन्नको लागि ठेक्का गर्नु पर्ने बिषयमा नेपाली कांग्रेस र सत्ता पक्ष नेकपा एकिकृत समाजबादीको समर्थक बीच भएको झड़पमा परि २ जना कांग्रेसका कार्यकर्ता र ४ जना नगरपालिकाका कर्मचारी घाइते भएका हुन ।

झड़पमा परि घाइते हुनेमा कर्मचारीहरु दिलिप पटेल, जय प्रकाश सहनी, राम नारायण पटेल, रामबिनय पटेल तथा कांग्रेसका समर्थक बिरेन्द्र यादव र राम पुकार साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । नगर प्रमुख बिनोदप्रसाद कुर्मीले प्रहरी प्रशासनको इशारामा प्रतिपक्षी दलका कार्यकर्ताहरुले आक्रमण गरेको आरोप लगाएका छन । बागमती नदीको रमौली घाटबाट नदीजन्य पदार्थ ढुंगा, बालुवा तथा गिट्टि उत्खन्न गर्न ठेक्का लगाउन खोज्दा विपक्षी दलले अबरोध गर्दै आएको भन्दै नगरप्रमुख कुर्मीले अमान्तमा कर उठाउन लाग्दा पुर्व नगर प्रमुख राम स्नेही यादव, बृन्दावन ४ का वडाअध्यक्ष श्याम नन्दन यादव, एमालेका प्रेम शंकर यादव, राम प्रसाद पटेल, सिकिन्दर पटेल मिलेर कर्मचारी माथि आक्रमण गरेको नगरप्रमुख कुर्मीले आरोप लगाए ।घटना पछि पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख कुर्मीले विपक्षी दलका नेताहरु भ्रष्टाचार गर्न खोज्दा आफुले रोकेपछि उनिहरु प्रशासन सँग मिलेर हाम्रो कार्यकता तथा कर्मचारी उपर हमला गरेको आरोप लगाएका हुन् । घटना हुनु पुर्व प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लाइ सुचना दिदा पनि कुनै वास्ता नगरेको नगर प्रमुखले आरोप लगाए ।

विपक्षी दल कांग्रेस, एमाले र माओवादीका नेताहरु आफुहरुसंग बलजबरजस्ती निहु खोजी घटना घटाउन जोखेको आफुले सुचना पाउने वित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखरुलाई खबर गरेको भएपनि सुरक्षा निकायका प्रमुख समयमा एक्सन नलिएका कारण झडप भएको मेयर कुर्मीको आरोप छ । घटना हुँदा पनि प्रहरी प्रशासन समयमा आउन नसकेकोले प्रशासनको समर्थन र सहयोगमा कांग्रेस, एमाले, नेकपा माओवादीका कार्यकर्ताहरुले आक्रमण गरेको मेयर कुर्मीको भनाइ रहेको छ । नगर प्रमुख कुर्मीले घटनामा संलग्न दोषीहरुमाथि प्रशासनले कारबाही नगरेसम्म नगरपालिकाको काम काज बन्द गरि प्रसाशन विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here