रौतहट ०५ माघ ।। रौतहटको ईशनाथ नगरपालिका वडा नं ४ लतमरी टोल देखि कुन्डवा चैनपुर बोडर तिर जाने बाटोको छेउमा परालमा बेलुका ५ बजेको समयमा अन्दाजी ३० वर्ष उमेर भएको युवकको शब भेटिएको
छ ।

उक्त शबको थर वतन खुलेको छैन नजिकको प्रहरी टोली घटना स्थलमा पुगी शबारे अनुसन्धान गर्दैछन । मृतक युवकको शब फेला परेको प्रहरीलाई स्थानीयले जानकारी प्राप्त गराएको छ । साथै नजिकको प्रहरी घटना स्थलमा पुगी थप्प अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गौरसँग समन्वय गरिरहेको स्थानीय प्रहरीले जनाएको छ । फेला परेको शव वारे पुछताछ जारी रहेको प्रहरीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here