रौतहट २१ भादौ ।। रौतहट जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिध सभा सदस्यको लागी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तर्फबाट अशोक जयसवालको नाम सर्वसहमतिबाट सिफारीस गरीएको छ । नेकपा ( माओवादी केन्द्र ) रौतहट क्षेत्र नं- २ को समन्वय समितिको आज परोहा नपा ६ बसन्तपटीमा बसेको बैठकबाट प्रतिनिधि सभाको टिकटको लागि पार्टीको पोलिटब्युरो सदस्य तथा पूर्व सांसद अशोक जयसवाललाई एकल सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश ‘ख’ बाट प्रदेश सभाको टिकटका लागि धर्मेन्द्र पटेल र कमरेज अख्तरलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसै गरी यस क्षेत्रबाट संघको लागि समानुपातिक उम्मेदवारमा अरूण जयसवाल र मो. जाकीर हुसैन र प्रदेशकोलागि समानुपातिक उम्मेदवारमा ललितपुर देवी र रामप्रसाद सहनीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here