रौतहट १९ भदौ ।। हनुमत कु.यादव ।। रौतहट जिल्लाको गरुडा नगरपालिका करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । गरुडा न .पा. वार्ड नं.२ गेडीगुठि टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आईतबार करिब २ बजेको समयमा नुहाउने क्रममा जडान भएको मोटरबाट हैंण्डपम्ममा करेन्ट प्रवाह भई दिनेश सहनीको अन्दाजी १४ बर्षिय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको छ ।

मृत्क शरीर लाई पोसमार्टमको लागि प्रादेशिक अस्पताल गौर लागिएको प्रहरीले जनाएका छन् । पोसमार्टम गरि शव मृत्क परिवारलाई जिम्मा लगयिएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाए लगतै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल स्वयम् अस्पतालमा पुगी मृत्क सहनी परिवारलाई तत्काल किरिया खर्च वापत २५ हजार रुपैँया दिने घोषणा समेत गर्नुको साथै सकेसम्म मृत्क परिवारलाई अझै सहयोग गर्ने बताउनु भयो ।

साथै शोकको दुःखद घडिमा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने सक्ने क्षमता ईश्वरले प्रदान गरुन भनि कामना समेत गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here