काठमाडौं १७ भदौ ।। पत्रकारले आचार संहिता विपरित सामाग्री प्रकाशन वा प्रशारण गरेमा १० लाख सम्मको जरिवाना गर्न सकिने विधेयक संसदमा पेस भएको छ ।

संसदको बैठकमा आज पेस भएको मिडिया काउन्सिल विधेयकमा काउन्सिलबाट जारी भएको आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेमा कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेमा व्यक्ति वा संस्थालाई क्षतिपुर्ति भराउने उल्लेख गरिएको छ ।

काउन्सिलको विस्तृत जाँचबुझबाट आचार संहिता उल्लंघन गरेको देखिएमा आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई काउन्सिलले कारवाही गर्ने पनि विधेयकमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here