रौतहट १३ भदौ ।। हनुमत कु . यादव ।। रौतहट प्रहरीले जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं.२ बाट वेवारीसे अवस्थामा रहेको २०४ किलो लागु औषध गाँजा हात परेका छन् । आज बिहान विशेष सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरको संयुक्त गस्ती टोलीले लागु औषधी बरामद गरेको जिल्ला प्रहरीले जनाएका छन् ।

जिल्लाको गौर नगरपालिका वडा नं.२ बकैया खोलाको किनारमा नेपालबाट लागु औषध गाँजा भारततर्फ लैजादै गरेको अवस्थमा प्रहरी टोलीले देख्ना साथ १७ ओटा प्लाटिकको पोकामा २०४ किलो लागु औषध गाँजा तस्करहरु फाली भागि फरार भएको प्रहरीले बताएका छन् ।

प्रहरी टोलीले उक्त लागु औषध गाँजा वेवारीसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here