रौतहट ०१ भदौ ।। रौतहटमा उद्घाटन भएको १२ वर्ष बितिसक्दा पनि रौतहटमा बागमती नदिमा पक्कि पुल बन्न सकेको छैन् । जिल्लाको वडहर्वा स्थित बागमती नदीमा पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन्।

दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित बागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयहरू मारमा परेका हुन् । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले बागमती नदीमा स्थानीयहरू वारपार गर्न सहज हुने भन्दै पुल शिलान्यास गरेका थिए ।

तर शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल समयमा नै निर्माण सम्पन्न नहुँदा बागमती पारी बसोवास गर्ने करिब ४ सयभन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन् ।

यता, हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताए । डेढ वर्षको अवधिमा बागमती नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

२०६७ साल जेठमा बागमती नदीमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा पक्की पुलको शिलान्यास भएको थियो । शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरू रुष्ट भएका छन्। बागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन् ।

पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो। ठेक्का लुम्बिनीले पाए पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियो । पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

१७ स्पान सहितका सो पुलको लम्बाइ ६३३ मिटर र चौडाइ दुई लेनको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्द गरेपछि पुनः आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सम्झौता गरेको छ ।

नयाँ ठेक्का लगाएपनि काम भने सुरु हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here