सिरहा ०९ असार ।। सिरहामा सेवाग्राहीलाई अभद्र गालीगलौज गर्ने प्रादेशिक अस्पताल, लहानका कर्मचारीलाई निलम्वनमा परेका छन् । अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई निलम्बन गरेको हो ।

महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अभद्र गाली गर्दै दुर्व्यवहार गरेका थिए । सो भिडियो भाइरल भएपछि चौतर्फी रुपमा कर्मचारी महतोको कडा कारबाहीको माग गरिएको छ ।

महतोलाई पक्राउ परिसकेका छन् । अस्पतालले विज्ञप्ति जारी गर्दै कर्मचारीले सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील बनेको बताएको छ ।

अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here