काठमाडौं २४ साउन ।। सांसद हृदयश त्रिपाठीले संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद त्रिपाठीले संघीय निजामित ऐन जारी नहुँदा कर्मचारीको सरुवा बढुवालगायत विषय अन्यौलमा परेको बताए ।

उनले ऐन जारी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । यो ऐन कहाँनिर गएर अड्किएको छ । स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन । स्थानीय तहमा आठ प्रकृतिका कर्मचारी रहेका छन् । जसलाई समायोजन गर्न सकिएको छैन ।

कर्मचारीको सरुवा, बढुवा प्रभावित भएको छ,’उनले भने,’ शासन प्रशासन सञ्चालनका लागि निकै महत्वपूर्ण छ । अहिले आएर कहाँ रोकिएको छ?, कहाँ अल्झिएको छ ?, यसको सोधीखोजी होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here