जनकपुरधाम २३ साउन ।। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।

आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

उपसभापति खड्काले साउन २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्य मापदण्ड पालना गरेर सतर्कता अपनाउन आग्रह गरेका छन् । खड्कालाई केही महिना पहिले पनि कोरोना संक्रमण भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here